इलाममा यात्रु सहायता कक्ष स्थापना

इलाम, ७ असोज ।


आगामी चाडपर्वका दिनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज र सुरक्षित सेवा पुर्‍याउन इलाम सदरमुकामको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

सहायता कक्षको उद्घाटन कार्यक्रम इलाम नगरपालिका–७ का वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश राईको अध्यक्षता रहेको थियो।

दशैं, तिहार र छठ पर्वका अवसरमा यात्रुहरूको चाप अत्यधिक हुने भएकाले यातायात सेवामा विभिन्न अनियमितता र यात्रु ठगी हुने समस्या दोहोरिने गरेको छ। यस्ता समस्या न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको आयोजकहरूले बताएका छन्।

सहायता कक्षमार्फत यात्रुले भाडा अनियमितता, सवारी व्यवस्थापन, सामान सुरक्षासम्बन्धी समस्या लगायतका गुनासो राख्न सक्नेछन्। तत्काल समाधान गर्ने र आवश्यक भए सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिएको छ।

यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि यात्रुले सहज, सुरक्षित र विश्वासिलो सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment