आज दशैं टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

२०८२ आश्विन १७ गते , शुक्रबार


आश्विन शुक्ल पक्षको एकादशी। बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। शुक्रबार २१ घडी ५२ पला अर्थात् दिउँसो २ बजेर ४३ मिनेटसम्म एकादशी तिथि छ। 
बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्।
टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment