ग्रेन्डर मेसिनमा खुट्टा काट्दा भद्रपुरका एकजनाको मृत्यु

२०८२ आश्विन १४ गते , मंगलबार


ग्रेन्डर मेसिनमा खुट्टा काट्दा भद्रपुरका एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा राँगाको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटेर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । अत्यधिक रगत बगेर उपचारको क्रममा राति ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment