अकाउन्ट निलम्बन मुद्दा टुंग्याउन ट्रम्पलाई युट्युबले तिर्यो ३३ अर्ब रुपैयाँ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए।
युट्युबले २४.५ मिलियन डलर बुझाएर ट्रम्पसँगको मुद्दा टुंग्याएको छ र २२ मिलियन डलर 'ट्रस्ट फर द नेशनल मल्ल'लाई दिने व्यवस्था गरिएको छ।
यसअघि मेटाले २५ मिलियन डलर र ट्विटरले १० मिलियन डलर बुझाएर ट्रम्पसँग सम्झौता गरेका थिए र ट्रम्पले अहिलेसम्म ८० मिलियन डलर प्राप्त गरिसकेका छन्।
१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा आफ्नो अकाउन्ट निलम्बन गरेको भन्दै युट्युबविरुद्ध मुद्दा दायर गरेका थिए । अब युट्युबले २४.५ मिलियन डलर (करिब ३३ अर्ब नेपाली रुपैयाँ) बुझाएर मुद्दा टुंग्याएको छ ।
रिपोर्टअनुसार, यस रकममध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिने व्यवस्था गरिएको छ । उक्त रकमबाट ट्रम्पको योजनाअनुसार ह्वाइट हाउसमा २०० मिलियन डलर लागतको बलरूम निर्माण गरिनेछ । बाँकी २.५ मिलियन डलर मुद्दा हाल्ने अन्य व्यक्तिहरूलाई दिइनेछ ।
यसअघि मेटाले २५ मिलियन डलर र ट्विटर (हाल एक्स) ले १० मिलियन डलर बुझाएर ट्रम्पसँग सम्झौता गरेका थिए ।
यी सबै मुद्दाबाट ट्रम्पले अहिलेसम्म ८० मिलियन डलर अर्थात् झन्डै १० अर्ब ८८ करोड रूपैयाँभन्दा बढी प्राप्त गरिसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment