लोकसेवा परीक्षाका लागि इलाममा सवारी संचालन खुला

इलाम, कात्तिक १४ ।


अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डमा सडक भासिएपछि रोकिएको सवारी सञ्चालन लोकसेवा आयोगको परीक्षा हुने भोलि कात्तिक १५ गतेका लागि आंशिक रूपमा खोलिएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार अत्यावश्यक सेवाका सवारी साधन, परीक्षा दिँदा–दिँदै आउन–जानुपर्ने परीक्षार्थी र सुरक्षा निकायका सवारी साधन मात्र बिहान ५:३० बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको हो।

अन्य सबै सवारी साधन भने सडक मर्मत सम्पन्न नभएसम्म रोकिएका रहने प्रशासनले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment