लागूऔषधसहित चार जना पक्राउ

कार्तिक २७, २०८२
विराटनगर ।झापा र सुनसरीको बिभिन्न स्थानबाट लागू औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई तीन ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको धरान–६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधी ट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका–३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment