रोङ – ११ मंसिर रोङ–६ को जौवारी, जहाँ कुनै समय पशुचरण र कोदो खेती मात्र पाइन्थ्यो, आज कृषि उत्पादन र पर्यटन सम्भावनाले भरिएको आकर्षक गाउँ बनेको छ।
सुन्तला, टमाटर, अम्लिसो, अलैंची, केरा र कफी खेतीले यहाँका बासिन्दा आर्थिक रूपमा स्वावलम्बी बन्दै छन्। कृषि उपजको बढ्दो मागले जौवारीलाई उत्पादन केन्द्र जस्तै बनाइदिएको छ।
साथै, गुम्बाडाँडा, किरात पार्क, कर्सोङ पदमार्ग, मनकामना, बहुसांस्कृतिक पार्क र किरात समुदायको चिण्डो (यावुक) पार्क बनेपछि यहाँ होमस्टे पर्यटन पनि फस्टाएको छ।
सांस्कृतिक सौन्दर्य, बाली उत्पादन र स्थानीय पहलले जौवारी आज आकर्षणको नयाँ ठेगाना बनेको छ।

0 comments:
Post a Comment