देउमाईमा कटुवाल परिवारद्वारा आमाको नाममा विद्यालयलाई १ लाख ५० हजार सहयोग

माइपाेखरी न्युजः

इलाम, १२ मंसिरः लामको देउमाई नगरपालिका–३ मा कटुवाल परिवारले स्वर्गीय आमाको सम्झनामा स्थानीय विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन्। स्व. नेत्रबहादुर कटुवालका परिवारका सदस्यहरूले आफ्नो स्वर्गीय आमा देवीमाया कटुवालको नाममा रु एक लाख पचास हजार (१,५०,०००) शान्तिडाँडास्थित श्री पञ्च माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
परिवारले आमाको १२औँ दिनको पुण्य तिथिलाई सदुपयोग गर्दै संकलित रकम विद्यालयमा अध्यक्षकोष स्थापनाका लागि समर्पण गरिएको बताइएको छ। उक्त रकम विद्यालयका प्रधानाध्यापक देवीप्रसाद श्रेष्ठलाई औपचारिक रूपमा बुझाइएको थियो।
विद्यालयले कटुवाल परिवारको योगदानले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न तथा संस्थागत गतिविधि सुदृढ बनाउन मद्दत पुग्ने जनाएको छ। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment