बिर्तामोड प्रहरी कार्यालयमा आक्रमण गर्ने थप एकजना पक्राउ

झापा
२०८२ मंसीर १२ गते , शुक्रबार


इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय सञ्जय मुसहर रहेका छन् ।
उनलाई हिजो साँझ ६ बजे बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्ता बजारबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ । जेनजी आन्दोलनका क्रममा उनले प्रहरी कार्यालयमा आक्रमण गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment