इलाममा खैरो हेरोइनसहित ४ जना पक्राउ


इलाम । १२ मंसिरः जिल्ला प्रहरी कार्यालय इलामले विशेष सूचनाका आधारमा गरिएको संयुक्त अपरेसनमार्फत जिल्ला प्रहरी कार्यालय इलामले ८.०७० ग्राम लागुऔषध (खैरो हेरोइन) सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काकरभिट्टा, झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित बिक्री–वितरणका लागि प्रयोग गरिने विभिन्न सामग्री र नगद रकम बरामद गरिएको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद सामान

(१) छिरिङ दोर्जे लामा (२१), इलाम नगरपालिका–७

८.०७० ग्राम खैरो हेरोइन

नगद रु. ६९,४००

कैची १ थान

iPhone १ थान

कालो तथा सेतो प्लास्टिक २ पाता

(२) केशब दाहाल (३५), इलाम नगरपालिका–६

Samsung मोबाइल १ थान

नगद रु. १,०००

(३) मौसम राई (२७), इलाम नगरपालिका–६

सादा मोबाइल सेट १ थान

नगद रु. १,०००

(४) सौरभ लुङ्गेली मगर (२३), इलाम नगरपालिका–५

आवश्यक विवरणसहित नियन्त्रणमा

थप अनुसन्धान जारी

पक्राउ परेकालाई सम्मानित इलाम जिल्ला अदालतबाट मिति २०८२/०८/११ गतेदेखि ८ दिन म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment