झापामा छोरीको सिक्कल प्रहारबाट आमा घाइते


झापा, झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानवारीमा छोरीले सिक्कल प्रहार गर्दा आमा घाइते भएकी छन् ।

गएराति करिब ९ः३० बजे सामान्य घरायसी विवादका क्रममा शेरबहादुर लिम्बूकी २५ वर्षीया छोरी बन्दना लिम्बूले आफ्नै आमा ५१ वर्षीया बिनु लिम्बूलाई सिक्कल प्रहार गरेको प्रहरीले जनाएको छ । अविवाहित बन्दनाको मानसिक अवस्था ठीक नरहेको बताइएको छ ।

सिक्का सिक्कल प्रहारबाट बिनु लिम्बूको छाती र दुबै हातको पाखुरामा चोट लागेको छ । उनलाई तत्काल स्थानीय शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment