झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना घाइते

झापा
२०८२ पौष २ गते , बुधबार


झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ८:४५ बजे अर्जुनधारा-११ निवासी ४५ वर्षीय जीवनकुमार श्रेष्ठलाई सोही ठाउँका २६ वर्षीय नितेश माझी भन्ने अनीश माझीले धारिलो हतियार प्रहार गरेका हुन् ।
माझीले सामान्य विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रेष्ठलाई घाइते बनाएको बताइएको छ । उनको टाउकोमा चोट लागेको छ । हतियार प्रहार गर्ने माझीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment