झापामा जंगली हात्तीको आक्रमणबाट युवक घाइते


१० पुस, विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् ।
मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बेलुकी करिब ६ बजे दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट दाहालको दाहिने खुट्टामा चोट लागेको छ । घाइते दाहालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment