मेचीनगरमा बसभित्र एकजना मानिस मृत फेला

झापा

२०८२ पौष २६ गते , शनिबार


मेचीनगरमा बिग्रिएर राखिएको बसभित्र एकजना मानिस मृत फेला परेका छन् । आज बिहान ७ः१५ बजे मेचीनगर-७ प्यारीभिट्टा बसपार्कमा बस्दै आएका मागी खाइहिँड्ने वर्ष अन्दाजी ४० का तम्बु भन्ने वतन थर नखुलेको पुरुष पुरानो बिग्रिएर राखिएको को १ ख ७८३९ नम्बरको बसभित्र मृत फेला परेका हुन् ।

उनी सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment