माघ २, २०८२
झापा । झापाको कन्काई माई मेलामा चोरीका घटनाहरू बढ्दै गएका छन् । मेला अवलोकनका लागि आएका सर्वसाधारणका तीनवटा मोटरसाइकलसहित नगद, गरगहना र मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कन्काई नगरपालिका–४ को कोटिहोम क्षेत्र आसपास पार्किङ गरी राखिएका दुईवटा मोटरसाइकल एकै स्थानबाट हराएका हुन्। हिजो दिउँसो करिब २ः३० बजेतिर झापा गाउँपालिका–५ निवासी मोहम्मद जेब्राईल शेखको निलो रंगको १५० सिसी पल्सर मोटरसाइकल तथा सोही स्थानका जफर अलीको रातो रंगको १५० सिसी पल्सर मोटरसाइकल चोरी भएको हो।
यसैगरी, हिजो बिहान करिब ७ः३० बजे कन्काई–४ स्थित कोटिहोम मन्दिर परिसरमा पार्किङ गरिएको बुद्धशान्ति गाउँपालिका–१ निवासी ३६ वर्षीय युवराज खडकाको रातो–कालो रंगको १५० सिसी पल्सर मोटरसाइकल पनि हराएको छ।
मेलामा मोटरसाइकल चोरीसँगै स-साना चोरीका घटनासमेत बढेका छन्। कनकाई नगरपालिका–१ की मुना दर्जीको हाते झोलासहित करिब दुई तोलाको सिक्री, बच्चाको ब्रासलेट र पाउजु चोरी भएको जनाइएको छ। यस्तै कनकाई–३ निवासी झलका विश्वकर्माको महत्वपूर्ण कागजात रहेको सानो झोला हराएको छ।
हराएका मोटरसाइकल तथा अन्य सामग्रीको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment