प्रतिबन्धित औषधि र ब्राउन सुगरसहित चार जना पक्राउ

पुस २७, २०८२


विराटनगर । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगञ्ज नगरपालिका–६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट एक ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
उता सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका–४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधि ७०० क्यापसुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment