४९ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता


२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए ।
कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि  छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।
तीन महिनाअघि उनीहरूले मागेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेषल महाधिवेशन आह्वान गरेका हुन् । सोहीअनुसार आज भृकुटीमण्डपमा उद्घान सत्र जारी छ ।
उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment