पुस २३, २०८२
एकपछि अर्को गर्दै जिल्लाका चिम्नी इँटा उद्योगहरूले कानूनको अवज्ञा गर्दै इँटा पोल्न शुरु गरे पनि नियमन गर्ने सरकारी निकाय भने त्यसतर्फ मौन देखिएको छ ।
औद्योगिक व्यवसाय ऐन २०७६को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३औ बैठकले इँट्टा उद्योग सम्बन्धमा गरेको निर्णय अनुसार उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिइ इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र (माघ १ गतेदेखि) शुरु गर्ने भनी घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले गत कात्तिक १४ गतेका दिन जिल्लाका सम्पूर्ण इँटा उद्योगलाई पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
सरकारले गरेको निर्णय कार्यान्वयन गर्न घरेलु तथा साना उद्योग कार्यालयले गरेको पत्राचारको समेत यहाँका इँटा उद्योगीहरूले अवज्ञा गरी आफूखुशी इँटा पोल्न थालिसकेको पाइएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि देशभरका स्थानीय तहहरूलाई २०८१ मंसीर १९ गते पत्राचार गरेको समेत पाइएको छ । तर, स्थानीय तहमा सञ्चालित इँटा उद्योगहरूले स्थानीय तहलाई समेत ठाडो चुनौति दिएको देखिन्छ ।
जिल्लाका २८ वटा इँटा उद्योगमध्ये सरकारी नियमको ठाडो उल्लघंन गर्दै भद्रपुर नगरपालिका–१ पृथ्वीनगरस्थित दक्षिणकाली इँटा उद्योग झापा (डीबीआई इँटा)ले पुस १९ गतेका दिन इँटा पोल्ने कार्यको प्रारम्भ ग¥यो । त्यही दिन राति कचकवल गाउँपालिका–७स्थित प्रेम जी इँटा उद्योग (प्रेम इँटा) ले इँटा पोल्न शुरु ग¥यो । त्यसपछि पुस २१ गते भद्रपुर–१स्थित गणेश इँटा उद्योग (नायक इँटा) ले इँटा पोल्न थाल्यो । मंगलबारदेखि मेचीनगरस्थित बुद्ध इँटा उद्योग (बीबीसी) र कचनकवल– ७ स्थित ज्योति इँटा उद्योग (ज्योति इँटा)ले इँटा पोल्न थाल्यो ।
यी इँटा उद्योगहरूले इँटा पोल्न शुरु गरेपनि नियमन गर्न स्थानीय तह र घरेलु कार्यालय भने बेखबर रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख पुष्पलता उप्रेतीले इँटा उद्योगीहरूले निर्णय कार्यान्वयन नगरेको बारेमा आफूलाई थाहा नै नभएको बताइन् ।
जिल्लाका सम्पूर्ण इँटा उद्योगहरूलाई पत्राचार गर्दै माघ १ गतेदेखि इँटा पोल्न भनी पत्राचार नै गरेको बताउँदै उनले भनिन्– ‘घरेलुमा इँटा उद्योग दर्ता चाहिँ हुन्छ, अनुगमन र कारबाही गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।’ सरकारको निर्णय विपरीत इँटा पोल्ने उद्योगहरूमा पुगेर स्थानीय सरकारलाई आफ्नो दमकल प्रयोग गरे आगो निभाउने समेत अधिकार दिइएको छ । इँटा पोल्ने उद्योगहरूको सूची तयार पारी स्थलगत अनुगमन गरी कारबाहीका लागि विभागमा पत्राचार गरिने उनको भनाइ छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार सरकारले गरेको निर्णय विपरीत इँटा पोल्ने उद्योगहरूलाई कारबाही हुन्छ । इँटा पोल्ने बारेमा प्रशासन कार्यालयमा जानकारी आइसकेको बताउँदै सप्रजिअ प्रसाईँले भने– ‘आज झापा इँटा उद्योग संघका पदाधिकारी र उद्योगीहरूलाई छलफलमा बोलाइसकेका छौँ ।’
‘मोरङका इँटा उद्योगहरूमा इँटा पोल्न थालेपछि जिल्लाका इँटा उद्योगहरूले त्यो देखेर इँटा पोल्न थालेको जानकारी आएको छ’– सप्रजिअ प्रसाईँले भने– ‘तर, उहाँहरूले कानूनी निर्णय उल्लघंन गर्न पाउनु हुन्न, भोलिको छलफलमा स्पष्ट निर्देशन दिएर कानून कार्यान्वयन गर्न लगाउँछौँ ।’
यता झापा इँटा उद्योग संघका सचिव विष्णु घिमिरेले सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताए । संघमा आबद्ध पदाधिकारीहरूले सरकारको निर्णय विपरीत जानु हुँदैन । यस बारेमा सबै उद्योगी सचेत थिए । तर, जिल्लामा कसले, किन र कहिले इँटा पोल्न थाल्यो त्यो उहाँहरूकै कुरा हो । ‘अब नियमन गर्ने निकायले त्यस बारेमा बुझ्ने कुरा हो’– संघका सचिव घिमिरेले भने– ‘संघले सरकारको निर्णय नमान्ने उद्योगीहरूलाई कारबाही गर्न सक्दैन ।’ जिल्लामै पहिलो इँटा पोल्ने दक्षिणकाली इँटा उद्योग झापाका सञ्चालक देवेन्द्र गौतम भन्छन्– ‘मोरङमा इँटा पोल्न थालिसकेको जानकारी आएपछि इँटा पोल्न शुरु गरेको हो ।’
घरेलु कार्यालयबाट माघ १ गतेदेखि इँटा पोल्न भनी पत्र आएको स्वीकार्दै सञ्चालक गौतमले भने– ‘इँटा पोल्न शुरु गरेको भनी भद्रपुर नगरपालिका र घरेलुलाई चाहिँ जानकारी गराएको छैनौँ, अरूले ग¥यो हामीले पनि गरेनौँ ।’
औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले इँटा उद्योग नै बन्द गराउने खालको निर्णय कसरी ग¥यो भनेर हामी नै चकित छौँ’– सञ्चालक गौतमले भने– ‘इँटा पोल्ने विषयमा संघहरु मार्फत बोर्ड तथा मन्त्रालयमा निर्णय पुनर्विचार गर्न आवाज उठाएका छौँ, त्यो कार्यान्वयन नभएको अवस्था छ ।’
त्यस्तै गणेश इँटा उद्योगका सञ्चालक बालकृष्ण गिरीका अनुसार यो भट्टा २÷३ वर्ष बन्द नै थियो । यस पटक फेरि सुचारु गरेका हौँ । माघ १ गतेदेखि पोल्ने कार्य सुरु गर्नुपर्छ भनी जानकारी पनि थियो । ‘तर, वरिपरि अरू भट्टाहरूले पोल्न थालेपछि हामीले पनि शुरु गरेऔँ’– उनले भने ।
- पार्थ मण्डल

0 comments:
Post a Comment