झापाको दमकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



झापा, झापाको दमकमा वुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दमक–१ बरगाछीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।
दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्वरको टिपरले दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ गइरहेको मोटरसाइकल प्र १९०१९०१८ प ८३०३ लाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका थिए । घाइतेमध्ये इलाम चुलाचुली ४ का २२ वर्षीय प्रवेश राई र सोही ठाउँ निवासी १९ वर्षीय जनम राई घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न टिपर चालक उदयपुरको त्रियुगा ९ का ३२ वर्षीय हिबराज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment