करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित महांकालबाट गोली हानेर एकजना पक्राउ गरेको छ। गएराति साढे ११ बजे नेपालगन्ज घर भएका प्रेम थारुलाई सुनचाँदीका गहना चोरी गरेको आरोपमा सोधपुछको क्रममा भाग्न खोजेपछि गोली हानेर पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार बौद्धबाट हराएको सुन थारुले चोरेको आंशकामा चेकजाँचको क्रममा प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिन प्रहरीले गोली हानेको जानकारी दिए।
उनका अनुसारथारु २०७९ सालमा चोरी मुद्दामा ३ वर्ष जेल बसेर रिहा भएका थिए। थारुको खुट्टामा गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले उनको साथबाट सुन बरामद गरेको छ।

0 comments:
Post a Comment