Maipokhari News
![]() |
| Photo AI |
इलाम — जिल्लाको माईजोगमाई गाउँपालिका–६, प्याङमा जंगलि च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।
मिति २०८२ चैत २५ गते बेलुका करिब ८ बजे स्थानीय वाङगल शेर्पाको घरमा उनकी श्रीमती ५१ वर्षीया नाङडोमा शेर्पा, बुहारी २७ वर्षीया पासाङलामु शेर्पा र नाति ६ वर्षीय पेम्बा शेर्पासहित चार जनाले जंगलबाट ल्याइएको च्याउ खाएपछि अचानक बिरामी परेका हुन्।
बिरामी परेका उनीहरूलाई तत्काल झापास्थित कन्काई अस्पताल लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल सबैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।
उनीहरूको उपचारमा वाङगल शेर्पाका छोरा लाक्पा शेर्पा संलग्न रहेका छन्।
जंगलि च्याउ सेवन गर्दा विषाक्त हुने जोखिम उच्च रहने भएकाले पहिचान नभएका च्याउ नखान स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

0 comments:
Post a Comment