इलामका दुई स्थानमा चट्याङले गाई मर्दा १ लाख ६१ हजार बराबरको क्षति

Maipokhari News 


इलाम — जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका घटनामा दुई वटा गाई मरेका छन् भने कुल १ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

मिति २०८२ चैत २५ गते राति वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण चुलाचुली गाउँपालिका–६, दशमी बजारमा स्थानीय चन्द्र केशर राईको गाईगोठमा रहेको एक गाई मरेको हो। घरदेखि करिब ५ मिटर उत्तरतर्फ रहेको बाँसको खाँबा र टिनको छाना भएको गोठमा चट्याङ लाग्दा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनाबाट करिब ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यसैगरी, सोही मितिमा फाकफोकथुम गाउँपालिका–२, फलाटेमा पनि चट्याङका कारण अर्को एक गाई मरेको छ। स्थानीय महन बहादुर राईको घरदेखि करिब १० मिटर पूर्वमा रहेको गाईगोठमा परेको चट्याङले गाई मरेको हो। यस घटनाबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पाख्रिनटार र आमचोकबाट खटिएको प्रहरी टोलीले स्थलगत निरीक्षण गरेको थियो।

यी दुवै घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। वर्षायाम सुरु भएसँगै चट्याङका घटना बढ्ने भएकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरि6एको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment