२०८२ चैत्र २५ गते , बुधबार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साता युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।
बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ। ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम गर्न राजी भएको बताएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन्।
मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो।
ट्रम्पले इरानलाई दिएको समयसीमा सकिनु केही समयअघि मात्रै यो घोषणा गरेका थिए। यसअघि उनले इरानले जलमार्ग नखोलेमा त्यहाँको नागरिक पूर्वाधारमाथि भीषण आक्रमण गर्ने र ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुने’ चेतावनी दिएका थिए।
इरानका विदेशमन्त्री अब्बास अराघाचीले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै यदि इरानमाथिका आक्रमणहरू रोकिएमा आफूहरूले पनि हमला बन्द गर्ने स्पष्ट पारेका छन्। उनले इरानी सशस्त्र बलको समन्वयमा दुई हप्ताका लागि स्ट्रेट अफ हर्मुजबाट सुरक्षित आवतजावत सम्भव हुने बताएका छन्। विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको बन्दले विश्व अर्थतन्त्रमै गम्भीर संकट निम्त्याएको थियो।
इरानसँगको युद्धका कारण मार्च महिनामा मात्रै तेलको मूल्य इतिहासमै सबैभन्दा तीव्र गतिमा ५० प्रतिशतभन्दा बढीले बृद्धि भएको थियो। राष्ट्रपति ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताको राम्रो आधार मान्न सकिनेसमेत बताएका छन्। उनले दीर्घकालीन शान्तिका लागि दुवै पक्ष सहमति नजिक पुगेको दाबी गरे पनि बजार विश्लेषकहरूले भने अझै धेरै प्राविधिक र राजनीतिक विषयहरू सुल्झिन बाँकी रहेको टिप्पणी गरेका छन्।
यो प्रारम्भिक कदमले स्थायी शान्तिको बाटो खोल्ने आशा जगाएपनि युद्धविरामको पूर्ण कार्यान्वयनमा अझै धेरै चुनौतीहरू भने बाँकी नै छन्।
इरानद्वारा युद्धविराम सम्झौता अनुमोदन
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको छ। मेहर न्यूज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यअनुसार इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि यो निर्णय लिइएको हो।
इरानले सम्झौतालाई आफ्नो देशको ठूलो जीतका रूपमा व्याख्या गर्दै स्थायी शान्तिका लागि अब पाकिस्तानको इस्लामावादमा वार्ता हुने जानकारी दिएको छ। इरानी सुरक्षा परिषदले यो वार्ता अमेरिकाप्रतिको पूर्ण अविश्वासकाबीच सुरु हुन लागेकोसमेत स्पष्ट पारेको छ।
इरानले वार्ताका लागि दुई हप्ताको समय छुट्याएको छ, जसलाई दुवै पक्षको सहमतिमा थप गर्न सकिने प्रावधान राखिएको छ। वक्तव्यमा यो सम्झौतालाई ‘दुश्मनको आत्मसमर्पण’को रूपमा चित्रण गरिएको छ र सम्पूर्ण नागरिक, बुद्धिजीवी तथा राजनीतिक दलहरूलाई यो प्रक्रियामा एकजुट भई साथ दिन आह्वान गरिएको छ। इरानले यस घडीमा विजयको उत्सव मनाउन र कुनैपनि विभाजनकारी अभिव्यक्ति नदिन आफ्ना जनतालाई आग्रह गरेको छ।
युद्धविरामको घोषणा गरेपनि इरानले कडा चेतावनी दिन भने छाडेको छैन। सुरक्षा परिषदले जारी गरेको सन्देशमा भनिएको छ, ‘हाम्रा हातहरू अझै पनि बन्दुकको ट्रिगरमै छन्।’ यदि वार्ताको क्रममा दुश्मनले थोरैमात्र गल्ती गरेमा त्यसको पूर्ण शक्तिले प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ।
इरानका अनुसार यदि वार्ताबाट ठोस राजनीतिक उपलब्धि हासिल नभएमा इरानी राष्ट्रका सम्पूर्ण मागहरू पूरा नभएसम्म रणमैदानमा पुनः लडाइँ जारी रहनेछ।
हालका लागि यो युद्धविरामले पश्चिम एसियामा जारी भीषण सैन्य टकरावलाई केही मत्थर पारेको छ। इरानले यसलाई रणनीतिक सफलता मानेको छ भने वार्ताको भविष्य अमेरिका र इजरायलको आगामी कदममा निर्भर हुने देखिन्छ।
इस्लामावादमा हुने भनिएको उच्चस्तरीय वार्ताले यस ६ हप्ते विनाशकारी युद्धलाई स्थायी अन्त्यतर्फ लैजान्छ वा पुनः युद्धकै स्थितिमा फर्काउँछ भन्ने कुरा अबको दुई हप्ताकोे समयले तय गर्नेछ।

0 comments:
Post a Comment