पश्चिम बंगाल निर्वाचन : आज १६ जिल्लामा १५२ सिटका लागि मतदान

२०८३ बैशाख १० गते , विहीबार


भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान जारी छ । पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित १६ जिल्लामा १५२ सिटका लागि मतदान भइरहेको छ।
कुल १ हजार ४७८ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। १५२ निर्वाचन क्षेत्रमा ४४ हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ। तीमध्ये ७ हजार ३८४ मतदान केन्द्रलाई अत्यधिक संवेदनशील मानिएको छ। यस चरणमा करिब ३ करोड ६० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
मुख्य प्रतिस्पर्धा सत्तारुढ तृणमूल काँग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच रहेको छ। मतदान ४४ हजार ३७६ बुथमा भइरहेको छ, जसमा करिब ३ हजार सहायक बुथ पनि समावेश छन्।
५ हजार ४४४ बुथको व्यवस्थापन महिलाहरूले गर्नेछन् भने २०७ वटा नमुना (मोडेल) बुथ पनि तयार पारिएका छन्। पश्चिम बंगाल विधानसभा चुनावको दोस्रो चरणको मतदान आउँदो बुधबार हुनेछ। त्यहाँ अप्रिल २२ मा छैटौँ, २६ मा सातौँ र २९ मा आठौँ चरणको मतदान हुनेछ  । मत परिणाम मे २ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment