झापा
२०८३ बैशाख १३ गते , आईतबार
भद्रपुर । भद्रपुर क्षेत्र दिनहुँ जसो लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ पर्न थालेका छन् । यसै क्रममा आज बिहान करिब साढे १० बजे भद्रपुर नगरपालिका–५ गौशाला क्षेत्रमा प्रहरीले लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्ने क्रममा पैदल हिँडिरहेका ताप्लेजुङ फुङलिङ नगरपालिका–१ आमभोटेका २२ वर्षीय प्रताप मादेन र सोही नगरपालिका–५ ताप्लेजुङ बजारका २४ वर्षीय अनुप लामगदेलाई लागूऔषध पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्लास्टिक बाहेक ५ ग्राम ०६० मिलिग्राम ब्राउन सुगर तथा ६ वटा निट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

0 comments:
Post a Comment