हात्तीको आक्रमणबाट पराजुली घाइते, वीएण्डसी अस्पतालमा उपचार हुँदै

बैशाख २९, २०८३

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
मिलन चोकस्थित सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको छ । पछिल्लो समय झापाका विभिन्न क्षेत्रमा जंगली हात्ती बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । हात्तीको आक्रमणका घटना दोहोरिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment