२०८३ बैशाख २८ गते , सोमबार
अनारमनीको देवी गुठीको जस्तै अतिक्रमण गरेपछि गरामनीको देवी गुठीको सार्वजनिक जग्गा खाली गरिने भएको छ । गरामनीको देवी गुठीको नाममा रहेको ८ विगाह १५ कठ्ठाजग्गा २० परिवारले अतिक्रमण गरेका छन् भने जग्गा कमाउनेहरूले पनि वर्षौँदेखि ठेक्का नबुझाई आफूखुसी गर्दै आएका छन् । गुठीको जग्गा दीपक महत , तीर्थ महत , मोती रोका र भीम श्रेष्ठले कमाउँदै आएका छन् ।
उनीहरूले ठेक्का नबुझाएको वर्षौँ भइसक्यो । जिल्ला प्रशासन कार्यालय झापाले वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूलाई तत्काल अन्यत्र व्यवस्थापन गर्न पालिकाहरूलाई निर्देशन दिएकाले बिर्तामोड नगरपालिकाको ८ नं वडा कार्यालयले गुठीको सार्वजनिक जग्गा संरक्षण गर्ने भएको हो । समिति बनाएर सो जग्गा खाली गरिने बुझिएको छ । सो जग्गामा यसअघि साइन्स सिटी , क्रिकेट मैदान, कोल्ड स्टोर जस्ता योजना ल्याउने पहल भएको थियो । तर, जग्गा खाली नभएपछि ती योजना ल्याउन सकिएन ।
हाल बिर्तामोड ८ र साबिक गरामनी ३ को सो जग्गा २०३५ सालतिर खाली थियो । त्यहाँ कुनै पनि घरहरू थिएनन् । गुठीको जग्गा महत परिवार र पदम उप्रेतीले कमाउने गरेका थिए । उनीहरूले विगाहको साढे ११ मनको दरले ठेक्का बुझाउने गरेको गरामनी गाविसका पूर्व खरिदार हरि सापकोटाले बताए । ‘मन्दिरको रेखदेख पनि गाविसले गर्थ्यो , जग्गाको आम्दानी पनि गाविसमा आउँथ्यो ’ उनले भने ।
महत परिवारले जग्गा कमाउँदै गर्दा पछि उनीहरूले आफ्ना ज्वाइँ मोती रोकालाई पनि जग्गा कमाउन दिएका थिए । त्यस्तै पदम उप्रेतीले ठेक्का तिर्न नसकेपछि उनको जग्गा भीम श्रेष्ठले कमाउन थालेका थिए । देवी गुठीकै जग्गामा शुक्रराज प्रावि रहेको छ । विद्यालयले १८ कट्ठा जग्गा ओगटेको बताइएको छ । सो विद्यालय देउनियापूर्व भद्रपुर नगरपालिकामा रहेको थियो । त्यसलाई पछि गुठीको जग्गामा सारिएको हो । बिर्तामोड–भद्रपुर सडकको दुवैतर्फ गुठीको जग्गा रहेको छ । २०४२ सालतिर बाटो पूर्व गुठीको जग्गा अतिक्रमण भएको बताइएको छ । त्यस्तै जग्गा कमाउनेहरूले पनि आ–आफ्ना घर बनाएका छन् ।
गरामनीको देवी गुठीमा बसेका व्यक्तिहरू
१.दीपक महत
२. तीर्थ महत
३.मोती रोका
४. शिखर टुडू
५. रमेश कार्की
६. राजन राय
७.पार्वता लिम्बू
८.सचिन राजवंशी
९.दुर्गा उप्रेती
१०.अभिकेशर उप्रेती
११.डिकबहादुर कार्की
१२.अनिल लिम्बू
१३.मदन दर्जी
१४. दुर्गा पौडेल
१५.नीलकुमार दाहाल
१६.होपन सोरेन
१७.ताला सोरेन
१८.लखिराम सोरेन
१९. पवित्रा ढुङ्गेल
२०. जयराम उप्रेती
तीमध्ये केही परिवार मात्र सुकुमबासी भएको बताइएको छ । अरू आफ्ना जग्गाजमिन भएकाहरूले गुठीको जग्गा ओगटेका छन् ।
राजवंशी परिवारले दुर्गा मन्दिरलाई दिएका थिए दान
सो जग्गा राजवंशी परिवारले गरामनीको दुर्गा मन्दिरलाई दान दिएका थिए । आफ्ना हजुरबुवाले सो जग्गा दान दिएको बिर्तामोड ८ का वडा सदस्य सोयालाल राजवंशी बताउँछन् । राजवंशी परिवारले नै सो जग्गा दान दिएको गरामनी गाविसका पूर्व कर्मचारी हरि सापकोटा पनि बताउँछन् । झापाका अधिकांश मन्दिर र विद्यालयहरूलाई राजवंशी समुदायले नै जग्गा दान दिएको इतिहास छ । ती जग्गा सबैतिर हिनामिना गरिएको छ । अनारमनीको देवी गुठीलाई डोमालाल राजवंशीले १३ विगाह जग्गा दान दिएका थिए । सो जग्गा देवी गुठीका सञ्चालकहरूले बेची खाएका थिए ।
बिर्तामोडमा गुठीको २८ विगाह जग्गा अतिक्रमण
बिर्तामोड नगरपालिकामा विभिन्न गुठीको नाममा रहेको २८ विगाह जग्गा अतिक्रमण भएको छ । तीन वटा गुठीको नाममा रहेको जग्गा अतिक्रमण भएको हो ।बिर्तामोड ३ मा डोमालाल राजवंशीले दान दिएको अनारमनी देवी गुठीको १३ विगाह जग्गा अतिक्रमण भएको छ ।त्यहाँ ४० घरधुरी बसेका छन् । राधाकृष्ण मन्दिरको १ विगाह ११ कट्ठा जग्गा भने खाली नै रहेको छ ।
त्यस्तै बिर्तामोड ८ मा गरामनीको देवी गुठीको ८ विगाह १५ कट्ठा जग्गामा २० घर बसेका छन् ।
त्यस्तै बिर्तामोड ९ मा शिवालय मन्दिर बिर्तामोड ३ को नाममा रहेको ७ विगाह गुठीको जग्गामा ४ घर बसेका छन् । बिर्तामोड वडा नं २ मा पनि मन्दिरको जग्गा अतिक्रमण भएको छ ।श्रीकृष्ण प्रणामी मन्दिरको नाममा रहेको जग्गामा ३ घर ,शारदेश्वर मन्दिरको नाममा रहेको जग्गामा ६ घर बसेका छन् ।
बिर्तामोड ८ मा अतिक्रमण भएका सार्वजनिक जग्गाहरू
बिर्तामोड ८ को गरामनीमा हाट बजारको नाममा रहेको जग्गामा २८ वटा घर रहेको छ ।त्यहाँ उनीहरूले १ विगाह जग्गा ओगटेका छन् ।त्यस्तै महेन्द्ररत्न माविको नाममा रहेको १ विगाह जग्गामा १ घर ,देवी गुठीको ८ विगाह १५ कट्ठा जग्गामा २० घर , सेन्ट जेभियर्स स्कुल दक्षिण १ विगाह ५ कट्ठा ऐलानी जग्गामा २० घर , देउनियाँ पुल उत्तर २ विगाह ऐलानी जग्गामा १२ घर र स्कुलडाँडाको २ विगाह ऐलानी जग्गामा २० घर बसेका छन् ।

0 comments:
Post a Comment