२०८३ जेष्ठ १ गते , शुक्रबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण वेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ। विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो।
काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यू सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो।
विभागका अनुसार अनुगमनमा उपभोक्ताले सेवन गरेको ब्याच नं. १६८ को २५० मिमि प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइयो।
विभागका निर्देशक डाक्टर बालकुमारी शर्माले उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र विभागमा पेस सम्बन्धित उद्योगलाई निर्देशन दिएको जानकारी दिए।
प्रयोगशालाको विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका पेयपदार्थ बिक्रीवितरण नगर्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन गरेको पनि उहाँले जानकारी दिए। विभागका अनुसार उक्त उद्योगमा शङ्कास्पद ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
उपभोग्य मिति कायम रहेका कच्चा पदार्थ प्रयोग भएको देखिए पनि गुणस्तरको यकिन प्रयोगशाला प्रतिवेदन आएपछि मात्र हुने विभागका निर्देशक शर्माले जानकारी दिए।
दुई फर्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा सञ्चालित दुई वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ।
विभागले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्य अनुरूप बिहीबार उपत्यका र उपत्यकाबाहिर वीरगन्जमा गरी ३४ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा दुई फर्मलाई जरिवाना गरेको हो।
विभागका अनुसार काठमाडौँ महानगरपालिका सुन्धारामा रहेको बोस सुज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ।
यसै गरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका(धापासीस्थित केआर इन्टरप्राइजेजलाई पाँच हजार रुपियाँ जरिवाना गरेको छ।
उक्त फर्मले सामान बेच्दा बिलबीजक नदिएको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनमा विभागले अन्य ३२ वटा फर्मलाई सुधार गर्ने निर्देशन दिएको छ।

0 comments:
Post a Comment