२०८३ असार २१ गते , आईतबार
झापाको काँकडभिट्टा-पानीटंकी सीमा नाकाबाट एक १५ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ४१ बटालियन टोलीले ती बालिकाको उद्धार गरेको हो । एसएसबीले सीमा नाकाबाटै उद्धार नगरेको भए ती निर्दोष बालिका मानव तस्करहरूको पन्जामा पर्न सक्ने अनुमान गरिएको छ ।
एसएसबीका अनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाका एक युवकले ती नेपाली बालिकालाई झुटो सपना र राम्रो भविष्यको आश्वासन दिएर भारत लगिरहेका थिए। अचम्मको कुरा के छ भने, आरोपीले घटना हुनुभन्दा दुई दिनअघि मात्र ती बालिकालाई भेटेका थिए। यति छोटो समयमा ती युवकले बालिकाको विश्वास जितेर उनलाई आफूसँग सीमा पार लैजान राजी गराएका थिए ।
ती बालिकाको जीवन बाल्यकालदेखि नै कठिन परिस्थितिमा रहेको खुलेको छ । उनकी आमाको पहिले नै मृत्यु भइसकेको थियो भने उनका बुबा लगभग १० वर्षअघि आफ्नी दोस्रो श्रीमतीलाई लिएर गएका छन् । एसएसबीका सुरक्षाकर्मीहरूले भारत–नेपाल पानीट्याङ्की सीमामा नियमित जाँच गरिरहेका बेला ती दुई जनालाई जनालाई देखेर सोधपुछ गरेका थिए। सोधपुछको क्रममा एसएसबीले तुरुन्तै कारबाही गर्दै ती बालिकालाई सुरक्षित रूपमा उद्धार गरेका थिए । बालिकालाई लैजाने युवकलाई नियन्त्रणमा लिए खोरीबारी प्रहरीलाई बुझाइएको जनाइएको छ ।

0 comments:
Post a Comment