काँकडभिट्टा नजिकै एसटीएफको ठूलो सफलता : साढे ३ किलो ब्राउन सुगरसहित दुई पक्राउ

२०८३ असार २३ गते , मंगलबार


झापा । नेपाल- भारत सीमा क्षेत्रबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पश्चिम बंगालस्थित नक्सलबारीको रथखोला मोड–एसियन हाइवे–२ क्षेत्रमा विशेष कार्यदल स्पेशल टास्क फोर्स (एसटीएफ) ले साढे ३ किलो ब्राउन सुगर बरामद गरेको हो ।
झापाको काँकडभिट्टा सीमा नजिकै नक्सलबारी बजार पर्छ । बरामद गरिएको ब्राउनसुगर नेपाल भित्राउने योजना बनाएर ल्याइएको जनाइएको छ । तर, एसटीएफको टोलीले त्यो योजना विफल बनाइदिएको छ । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य दुई करोडमाथि पर्छ । 
रिपोर्टका अनुसार, एसटीएफ टोलीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको विशेष अभियानको क्रममा ब्राउन सुगरसहित मालदा जिल्लाका मिजनुल शेख र नासिम शेखलाई पक्राउ गरेको छ । उनीहरूले ब्राउन सुगर मालदा जिल्लाबाट ल्याएको खुलेको छ । १७ वटा प्यालिष्टको बक्समा ३४ वटा ब्राउन सुगरको प्याकेट ब्यागमा हालेर ल्याएका थिए ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नक्सलबारी प्रहरीको जिम्मा लगाइएको छ। पश्चिम बंगालमा भाजपा सरकार बनेपछि पछिल्लो समयमा सीमावर्ती बजार क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानमा बंगाल प्रहरी लागि परेको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment