बाह्रदशी गाउँपालिकाको नयाँ भवनबाट लडेर एक कामदारको मृत्यु

२०८३ असार २४ गते , बुधबार


झापाको बाह्रदशी गाउँपालिकाको नयाँ भवनबाट लडेर एक कामदारको मृत्यु भएको छ । मंगलबार बिहान ९ः४० बजे बाह्रदशी-५ स्थित गाउँपालिकाको तीन तले नयाँ भवनमा रंग लगाउने क्रममा मोरङ सुन्दरहरैँचा-४ बस्ने ४२ वर्षीय टंक थापा लडेर घाइते भएका थिए । भवनको ३ तला माथिबाट झरेर उनी ग्रिलमा अड्किएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment