मेचीनगरमा आगलागी, ४२ लाख बराबरको क्षति

२०८३ असार १९ गते , शुक्रबार


झापाको मेचीनगरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज बिहान १०ः४५ बजे मेचीनगर-१४ दुवागढी बस्ने चूडामणि गुरागाईँको एक तले टिनको छानो, काठको बेरा भएको चार कोठे घरमा बिद्युत् सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेका सुन ,चाँदी , नगद, टिभी, दराज, पलङ, लत्ताकपडा लगायत विभिन्न सामान र घर पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ४२ लाख बराबरको क्षति भएको छ । उक्त आगो स्थानीयवासी, प्रहरी र मेचीनगर नगरपालिकाको दुई वटा दमकलको सहयोगमा बिहान ११ः४० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment