२०८३ श्रावण २९ गते , शुक्रबार
देशभर मनसुन सक्रिय रहँदा पछिल्लो २४ घण्टामा अविरल वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढेको छ भने विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। सबैभन्दा ठूलो मानवीय क्षति रोल्पाको थवाङमा भएको छ, जहाँ पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार साँझ गएको पहिरोले ११ वटा घर बगाउँदा १३ जना पुरिएका थिए। करिब डेढ घण्टा परेको वर्षा केही मत्थर हुन थालेपछि साँझ करिब ७ः३० बजे माथिबाट लेदो र माटोसहितको पहिरो बस्तीमा खसेको थियो। पहिरोले घरसँगै मानिस र पशुचौपायासमेत बगाएको स्थानीयले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार घटनामा १० जनाको मृत्यु पुष्टि भएको छ भने तीन जना अझै बेपत्ता छन्। केही शव रोल्पाको लुङ्ग्री नदी तथा छिमेकी प्युठानको माडी नदी आसपासबाटसमेत फेला परेका थिए। मृतकमध्ये केहीको सनाखत भइसकेको छ भने दुई शवको पहिचान हुन बाँकी रहेको जनाइएको छ।
पहिरोबाट ज्यान जोगाएर निस्किएका दुई जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले रातको समयमा उद्धार तथा खोजी कार्य निकै कठिन भएको थियो। पहिरोपछि विद्युत् सेवासमेत अवरुद्ध भएकाले उद्धारमा थप समस्या भएको थियो।
बस्ती नै बगाएपछि उद्धारमा कठिनाइ
पहिरोले पुराना तथा नयाँ गरी ११ वटा घर बगाएपछि स्थानीय बस्तीमा ठूलो क्षति पुगेको छ। घटनामा परेका अधिकांश व्यक्ति घरभित्र रहेका बेला पहिरो आएको बताइएको छ। वर्षा र अँध्यारोका कारण तत्काल उद्धार गर्न नसकिएपछि स्थानीयवासीले रातभर खोजीमा सहयोग गरेका थिए।
बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासी खोज तथा उद्धारमा खटिएका थिए। पहिरोमा बेपत्ता तीन जनाको खोजी जारी रहेको छ। घटनामा कति पशुचौपाया मरे भन्ने यकिन विवरण भने अझै संकलन हुन सकेको छैन।
कास्की र पर्वत जोड्ने दुई पुल बग्यो, मन्दिरमा फसेकाको उद्दार प्रयास जारी
यसैगरी, अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ भने अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन्।
सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आज राति करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको हो।
बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भागसमेत बगाएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीका कारण मन्दिरमा एक जना सन्तपुजारी र दुई जना भक्तजन गरी तीन जना फसेको खबर प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ। आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई राति २ः३५ बजे घटनास्थलतर्फ खटाइएको डीएसपी थापाले बताए।
उद्धार टोलीले जोखिमका बीच मन्दिरमा फसेका तीनै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी राखेको छ। बाढीका कारण पुल तथा मन्दिरमा भएको क्षतिको थप विवरण आउन बाँकी छ।
बाजुराको ताम्सुमा पहिरो, एक जना बेपत्ता, दुईजना घाइते
अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई घाइते भएका छन्।
गए रातिदेखिको अविरल वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन्।
त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको छ। उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको छ।

0 comments:
Post a Comment