अर्जुनधारामा सर्पले डस्दा एक युवकको मृत्यु

२०८३ श्रावण २९ गते , शुक्रबार


झापाको अर्जुनधारामा सर्पले डस्दा एक युवकको मृत्यु भएको छ ।  सर्पले डस्दा अर्जुनधारा नगरपालिका–८, रानागाउँ निवासी २० वर्षीय विनोद लिम्बूको मृत्यु भएको हो ।
गएराति १२ बजे आफ्‌नै घरमा भुईँमा सुतेका लिम्बूलाई विषालु सर्पले टोकेको थियो । घाइते लिम्बूलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोडको बीएण्डसी अस्पताल ल्याएर चिकित्सकले चेकजाँच गर्दा राति १।४५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।
पाँच दिनअघि शनिवार राति ८ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ गोसलाइन बस्ने मिना राईकी छोरी वर्ष २० की अनुसा राईको सर्पले टोकेर मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment