इलाम, १० चैतः इलामको सूर्योदय नगरपालिकाको पर्यटकिय स्थल कन्यामको लव डाँडामा नेपाल प्रहरीको सकृयतामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । सो स्थान आसपास जनप्रतिनिधी, स्थानिय बासीहरु तथा नेपाल प्रहरीको उपस्थितिमा सरसफाई पनि गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामद्धारा फोहर संकलन गर्नको लागि डसबिन सेमेत राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।