अदुवा प्रसोधन केन्द्रको काम शुरु
इलाम/ भारतमा भर परेको अदुवाको व्यपार सुधार्ने उदेष्यले झापामा निर्माण हुन लागेको अदुवा प्रसोधन केन्द्रको काम शुरु भएको छ । नेपाल सरकारको उच्च मुल्यका कृषि उपजको प्रर्वद्धनका लागि हिमाली र पहाडी क्षेत्रमा सञ्चालन गरेको आयोजनाले अदुवामा मुल्य अभिवृद्धि सम्बन्धी रिपोर्टमा भारतले आद्य सुरक्षाका बहानामा अदुवा निर्यातमा प्रतिवन्ध लगाउन सक्ने खतरा उल्लेख गरेको तीन बर्ष पछि सफाई, ग्रेडिङ्ग र प्याकेजिङ्ग सहितको प्रसोधन स्थल बन्न लागेको हो ।
झापामा ६ करोडको लागतमा अदुवा प्रसोधन आयोजना निर्माण शुरु भएपछि पुर्वका कृषकहरुले राहत महसुस गरेका छन् । विश्व खाद्य संगठन (एफएओ) को सहयोगमा सञ्चालनमा आएको अदुवा प्रतिस्प्रधात्मकता अभिवृद्धि योजनाले अदुवाको गुणस्तर सुधार देखि प्रसोधन केन्द्र समेत स्थापना उदेष्य सहित काम गरिरहेको आयोजना व्यवस्थापक डा. दिपकमण्ी पोख्रेलले जानकारी दिए । आयोजनाले माघ महिनामा प्रतिघण्टा छ मेट्रिक टन अदुवा धुने प्रशोधन केन्द्र स्थापना गर्ने छ । झापाको दुवागडी ९मा २२ कट्ठा जमिन खरिद गरेर घेरावाराको काम शुरु भएको छ । पोख्रेलले भने ‘आउँदो सिजनबाट स्वदेशमै अदुवा धुने सेवा शुरु हेनेछ ।’
आयोजनाले उत्पादन देखि प्रशोधन सम्मको सञ्जाल तयार गर्ने र उणस्तरीय सामान उत्पादन गरेर अन्तराष्ट्रिय बजारका लागि पहल गर्ने कृषि उद्यम केन्द्रका बुद्धि पोख्रेलले जानकारी दिए । नेपालमा कम गुणस्तरको अदुवा उत्पादन भएको कारण मुल्यमा मोलमोलाईको नैतिक क्षमता समेत गुमेको थियो । सो अवस्थालाई सुधार गर्न समेत आयोजनाले इलाम, झापा पाँचथर र मोरङका करीव सात सय कृषकलाई असल कृषि अभ्यास मार्फत गुणस्तरीय अदुवा उत्पादनका लागि कृषक पाठशाला सञ्चालन गर्दै आएको छ । त्यसैगरी चार जिल्लामा ८० वटा कृषक पाठशाला मार्फत सातसय कृषकलाई गुणस्तरिय अदुवा उत्पादनको ज्ञान सिप प्रदान गरीने आयोजनाको लक्ष रहेको छ । गत बर्ष सो योजना अन्तरगत झापा, मोरङ र पाँचथरमा १०÷१० वटा र इलाममा २० वटा कृषक पाठशाला सञ्चालन भएका थिए । यस बर्ष बाँकी २० पाठशाला सञ्चालन हुने छन् भने गत बर्ष चलेका पाठशालामा फलोअप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको आयोजना व्यवस्थापक पोख्रेलले बताए ।
नेपालमा प्रशोधन केन्द्र नहुँदा यहाँको अदुवा धोईपखाली गर्न समेत पुर्वको काकरभिट्टा नजिकको भारतीय बजार नक्सालवारी पु¥याउनु पर्ने गरेको छ ।
नेपालमा उत्पादन हुने अदुवाको ९९ प्रतिशत अदुवा भारतमै खपत हुने गरेको छ । नेपालका करिव ६६ हजार कृषक यो खेतीमा संलग्न रहेका छन् । अर्थ मन्त्रालयको गत बर्षको तथ्याङक अनुसार १८ हजार ३४९ हेक्टरमा खेती गरेर यहाँका कृषकहरुले २ लाख १५ हजार ६१३ टन अदुवा उत्पादन गर्दै आएका छन् । अदुवा अन्य नगदे वालीको तुलनामा बढी उत्पादन दिने बालीको रुपमा रहेको सरकारी तथ्याकमा उल्लेख छ ।
नेपालको अदुवा माटो सहित भारत लगिने भएकाले भारतको कस्टममा गैर कानुनी व्यपार जस्तै व्यवहार भोगेर प्रशोधन केन्द्र सम्म पु¥याउनु पर्ने गरेको थियो । नेपालको विर्तामोड, धरान, विराटनगर, हेटौडा, विरगञ्ज, बुटवल, भैरहवा, तुल्सीपुर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतबाट भारतको दिल्ली, जयपुर, अमृतसार लगायत पुर्याएर विक्री गर्ने गरिएको छ । ग्रामिण क्षेत्रमा आय आर्जनको स्रोतको रुपमा रहेको अदुवाको उत्पादन बढ्दै गएको कृषि मन्त्रालयले जनाएको छ । इलाम, सल्यान, पाल्पा, नवलपरासी लगायतका जिल्लामा अदुवा उत्पादन उच्च रहेको पाईन्छ । स्थानीय सन्देशबाट
ramro kam ho yo aba bhane aaduwa ko bajarko samsiya samdhan hunxa hola
ReplyDelete