रातो खोलाको पूल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

२९ साउन, काठमाडौं । महोत्तरी र धनुषाको सीमानामा रहेको रातो खोलाको पूल भासिएपछि गयरातिबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्द भएको छ ।

लगातारको वर्षातका कारण गयराति १२ बजे पूल भासिएपपछि सयौं सवारीसाधन राजमार्गमा रोकिएका छन् । पक्की पूल भासिएपछि पूर्वबाट पश्चिम जाने सवारी साधन धनुषाको लालगढमा रोकि`एका छन् । त्यसैगरी पश्चिमबाट पूर्व जाने सवारीसाधन महोत्तरीको बर्दिबासमा रोकिएका छन् ।
पूल भासिएपछि अलपत्र परेका सयौं सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउने बैकल्पिक बाटोको खोजी गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्त र जिल्ला प्रहरी प्रमुख एसपी राजप्रसाद श्रेष्ठ पूल भासिएको रातो खोलामा पुगेका छन् ।
वैकल्पिक बाटो बनाउनका लागि विहानैबाट सडक डिभिजन कार्यालयका प्राविधिक र कर्मचारी घटनास्थलमा खटिइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment