पार्किङ गरेको बसभित्रबाट मध्यरातमा किशोर किशोरी पक्राउ
इलाम/ इलामको बसपार्कमा शनिबार मध्यरातमा बसभित्रै सामूहिक रुपमा यौनलिला मच्चाइरहेका सात किशोर किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाम बसपार्कमा पार्किङ गरि राखिएको एउटा बसभित्र रहेका ती किशोर किशोरीहरुलाई मध्यरातमा पक्राउ गरिएको इलामका प्रहरी नायव उपरीक्षक अनुपम शमशेर राणाले बताए ।पक्राउ परेका मध्ये किशोरीहरु सबै (चारजन)१२ देखि १४ वर्षका बालिका रहेका छन् । किशोरहरु भने १६ वर्षका बसमा खलासी काम गर्ने रहेका छन् । बसमा तोङ्वा समेत खाँदै गरेका उनीहरुलाई गस्तिमा रहेको प्रहरी टोलीले राति १२ बजे तोङ््वासहित रङ्गेहात पक्राउ गरेको थियो । पक्राउ पर्ने किशोरहरु लक्ष्मण तामाङ, सन्तोष तामाङ, अर्जुन आलेमगर रहेका छन् । उनीहरुसँगै रहेका एक किशोर भने भागेका थिए । अन्य चार किशोरीमध्ये सिमाना गुरुङ, चाँदनी लिम्बु, हिसिला गौतम र मुना पौडेल (चारै जनाको नाम परिवर्तन गरिएको) रहेका छन् । चारमध्ये एक किशोरीलाई यसअघि पनि प्रहरीले यस्तै उच्छृङ्खल क्रियाकलापमा संलग्न पाएपछि पक्राउ गरि अभिभावकको जिम्मा लगाएको थियो ।कम उमेर समूहमा रहेकाले उनीहरुविरुद्ध मुद्धा चलाएर थप अनुसन्धान प्रकृया अगाडि बढाउन नसकिएको प्रहरी प्रमुख राणाले बताए । ‘हामी अभिभावकको जिम्मा लगाउनबाहेक अन्य के गर्न सक्छौ रु कानुनी रुपमा पनि बालबालिकालाई समयमै उनीहरुको अभिभावकलाई बुझाउनु पर्छ’, उनले भने । बसपार्क र धोवीधारा क्षेत्रमा केहि किशोर किशोरीको उच्छृङ्खल क्रियाकलापबारे यसअघि पनि इलाम नगर पालिका कार्यालयले प्रहरीलाई उजुर गरेको थियो । शनिबार राति पक्राउ परेका सातै जनाको बारेमा माइति नेपालले समेत चासो व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment