करिब तेह्र करोड तेह्र लाख सासु भत्ता वितरण
जिल्ला विकास समिति इलामले गएको एक वर्षमा सामाजिक सुरक्षा भत्ताबापत १३ करोड रुपैंयाँ भन्दा बढी रकम वितरण गरेको छ ।क हजार १६१ ज्येष्ठ दलित, दुई हजार २५८ एकल महिला, दुई हजार २४९ एकल महिला (विधवा), तीन हजार २३० लोपोन्मुख आदिवासी जनजाति, २४७ पूर्ण अपाङ्ग, ७० आङ्शिक अपाङ्ग र एक हजार ८५ जना विपन्न दलित बालबालिका रहेका छन् ।
जिल्लाका ४५ गाउँ विकास समिति र दुई नगरपालिकाका २० हजार पाँचजनालाई १३ करोड १३ लाख एक हजार ९८० रुपैंयाँ भत्ता वितरण गरिएको हो । सामाजिक सुरक्षा भत्ता पाउनेमा नौ हजार ५०५ ज्येष्ठ नागरिक, ए
लोपोन्मुख लेप्चा, मेचे तथा पूर्ण अपाङ्ग भएका व्यक्तिले मासिक एक हजार रुपैंयाँका दरले भत्ता पाउँछन् । ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला र एकल महिला (विधवा)ले मासिक ५०० रुपैंयाँ, आङ्शिक अपाङ्गले मासिक ३०० रुपैंयाँ र विपन्न दलित बालबालिकाले मासिक २०० रुपैंयाँका दरले भत्ता पाउँदै आएको जिविसका पञ्जीकरण शाखाका प्रमुख रविन्द्रप्रसाद श्रेष्ठले बताए ।
सङ्घीय तथा स्थानीय विकास मन्त्रालयबाट १३ करोड ५३ लाख ८६ हजार रुपैंयाँ अख्तियारी प्राप्त भएकामा ३१ लाख २५ हजार ४०२ रुपैंयाँ फ्रिज भएको र तेस्रो किस्ताबाट नौ लाख ५८ हजार ६१८ रुपैंयाँ फिर्ता गएको जिविसले जनाएको छ ।
स्थलगत अनुगमनबाट भत्ता वितरण गरिने भएकाले पारदर्शी र तथ्यपरक हुने श्रेष्ठको भनाइ छ । विवाह, मृत्यु, बसाइँसराइ आदि विविध कारणले तेस्रो किस्ताबाट पुनः जिविसकै खातामा भत्ता फिर्ता भएको छ । सामाजिक सुरक्षा भत्ता पाउनेहरूको नामावली कार्यालयको वेबसाइट, निकासा हुनासाथ सार्वजनिक एफएम रेडियो र पत्रपत्रिका, जिविसको वार्षिक समीक्षा गोष्ठी तथा भत्ता लिएको विवरण गाविस, नगरपालिकामा एकप्रति विवरण राखिने भएकाले भत्ता वितरणमा पारदर्शिता रहेको श्रेष्ठले बताए । सन्दकपुर दैनिकबाट
0 comments:
Post a Comment