करका बिषयमा चिया उद्योगी आन्दोलित

चिया उद्योगबाट उत्पादन हुने तयारी चियाको जिल्ला निकासी करमा बृद्धि भएको विरोधमा तयारी चिया उत्पादकहरुले चिया किसानहरुबाट हरियो चिया खरिद नगर्ने बताएक ा छन् ।  जिल्ला विकास समिति र सरोकारवाला राजनैतिक दलहरुले तयारी चियाको निकासी कर राजश्व परामर्ष समितिको सिफारिसमा जिल्ला परिषद्बाट निर्णय भएकाले घटाउन नमिल्ने जनाएपछि उद्योगी आफ्ना माग पुरा नभए हरियो चिया खरिद नगर्ने बताएका हुन् । उद्योगीले चिया किसानलाई एकलौटी मूल्य निर्धारण गरि सिण्डिकेट लगाइएकोले ती विषयमा पनि प्याकेजमा छलफल गर्न आवश्यक भएको भन्दै अहिले निकासीको दर नघट्ने सरोकारवालाहरुले बताएका थिए । 
जिल्ला विकास समितिमा चिया उद्योग व्यवसायीसँग भएको वार्तामा सहमति जुट्न नसकेपछि उद्योगीले कि चियाको मूल्य घटाउने नत्र हरियो चिया पत्ति खरिद नगर्ने बताएका थिए । जिविसले करबृद्धि फिर्ता हुन नसक्ने जनाएपछि वार्तामा बस्नुको औचित्य नभएको भन्दै चिया उद्यमीहरु बाहिरिएका थिए । जिविसले गतवर्ष प्रतिकिलो तयारी चियाको निकासी कर एक रुपयाँ तोकेकोमा यो वर्ष थप एक रुपैयाँ बृद्धि गरी दुई रुपैयाँ तोकेको छ । जिविसले बिगत पाँच वर्षपछि यो करको दर निर्धारण भएको र पाँचथरमा तयारी चियाको निकासी कर पाँच रुपैयाँ किलो रहेको जनाएको छ । व्यवसायीहरुले जिल्लाको विकास र अन्य जनताका हितमा प्रयोग हुने कर तिर्न अटेर गर्न नहुने जनाउँदै करको निहुँमा किसानलाई मर्का पुग्ने काम कतैबाट हुन नहुने स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए । बिगतमा भ्याटसहित एक रुपैयाँ १३ पैसा प्रतिकिलो कर तिरेका उद्यमीलाई बढेको करले मर्कामा पारेको र सरोकारवालाहरुको परामर्ष बिना निकासी कर बृद्धि गरिएको हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएसनका कोषाध्यक्ष कमल मैनालीले बताए । ‘एकबाट दुई के आधारमा तय भएको ? थाहा भएन’, उनले भने । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को अधिनमा रहेर गरिएको करका विषयमा सरोकार नभएको तर भ्याटका विषयमा भने भ्याटमा दर्ता भएका व्यापारीले फिर्ता पाउने भएकाले कुनै आर्थिक भार नपर्ने करदाता सेवा कार्यालयका प्रमुख खगेन्द्र दाहालले बताए । शुक्रबार इलाम जिल्ला विकास समितिमा चिया उद्योग व्यवसायीसँग भएको वार्तामा सहमति जुटसकेन । जिविसले करबृद्धि फिर्ता हुन नसक्ने जनाएपछि वार्तामा बस्नुको औचित्य नभएको भन्दै चिया उद्यमीहरु बाहिरिएका थिए । जिविसले गतवर्ष प्रतिकिलो तयारी चियाको निकासी कर एक रुपयाँ तोकेकोमा यो वर्ष थप एक रुपैयाँ बृद्धि गरी दुई रुपैयाँ तोकेको छ । जिविसले बिगत पाँच वर्षपछि यो करको दर निर्धारण भएको र अन्य जिल्ला पाँचथरमा तयारी चियाको निकासी कर पाँच रुपैयाँ किलो रहेको जनाएको छ । व्यवसायीहरुले जिल्लाको विकास र अन्य जनताका हितमा प्रयोग हुने कर तिर्न अटेर गर्न नहुने जनाउँदै करको निहुँमा किसानलाई मर्का पुग्ने काम कतैबाट हुन नहुने स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए । बिगतमा भ्याटसहित एक रुपैयाँ १३ पैसा प्रतिकिलो कर तिरेका उद्यमीलाई बढेको करले मर्कामा पारेको र सरोकारवालाहरुको परामर्ष बिना निकासी कर बृद्धि गरिएको हिमालयन अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसनका कोषाध्यक्ष कमल मैनालीले बताए । ‘एकबाट दुई के आधारमा तय भएको ? थाहा भएन’, उनले भने । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को अधिनमा रहेर गरिएको करका विषयमा सरोकार नभएको तर भ्याटका विषयमा भने भ्याटमा दर्ता भएका व्यापारीले फिर्ता पाउने भएकाले कुनै आर्थिक भार नपर्ने करदाता सेवा कार्यालयका प्रमुख खगेन्द्र दाहालले बताए ।  जिविसमा भएको वार्तामा नेपाली काँग्रेसका जिल्ला सचिव राजेन्द्र शर्माले तयारी चियामा मात्र कर लगाइएको र हरियो पत्तिमा कर नलगाइएको बताए । किसानलाई भार थोपरेर उद्योगीहरुले पन्छिन खोजेको भन्दै उनले अब किसानका समस्याका बारेमा पनि छलफल हुनुपर्ने बताए । संघीय समाजबादि पार्टीका जिल्ला अध्यक्ष देवेन्द्र राईले चिया उद्योगीहरुले सिण्डिकेट लगाएर हरियो चियाको मूल्य तोकेर किसानलाई मारमा पारेको हुनाले उक्त विषयमा पनि सरोकारवालाहरुले छलफल थालेको बताए । नेकपा एमालेका गणेश बरालले न्यून दरमा बृद्धि भएको हुनाले निकासी कर स्वभाविक भएको बताए । राप्रपा नेपालका जिल्ला अध्यक्ष हरि डिसीले चियाका किसानहरुले २५ रुपैयाँ प्रतिकिलो मूल्य नपाएको र त्यसबीचमा कमिशन दिनुपर्ने र भुक्तानी लिन वर्षौँ कुर्नु पर्ने अवस्था रहेकोले उद्योगीहरु किसानका समस्यामा सजग हुनुपर्ने औँल्याए । जिविसमा भएको वार्तामा नेपाली काँग्रेसका जिल्ला सचिव राजेन्द्र शर्माले तयारी चियामा मात्र कर लगाइएको र हरियो पत्तिमा कर नलगाइएको बताए । किसानलाई भार थोपरेर उद्योगीहरुले पन्छिन खोजेको भन्दै उनले अब किसानका समस्याका बारेमा पनि छलफल हुनुपर्ने बताए । संघीय समाजबादि पार्टीका जिल्ला अध्यक्ष देवेन्द्र राईले चिया उद्योगीहरुले सिण्डिकेट लगाएर हरियो चियाको मूल्य तोकेर किसानलाई मारमा पारेको हुनाले उक्त विषयमा पनि सरोकारवालाहरुले छलफल थालेको बताए । नेकपा एमालेका गणेश बरालले न्यून दरमा बृद्धि भएको हुनाले निकासी कर स्वभाविक भएको बताए । राप्रपा नेपालका जिल्ला अध्यक्ष हरि डिसीले चियाका किसानहरुले २५ रुपैयाँ प्रतिकिलो मूल्य नपाएको र त्यसबीचमा कमिशन दिनुपर्ने र भुक्तानी लिन वर्षौँ कुर्नु पर्ने अवस्था रहेकोले उद्योगीहरु किसानका समस्यामा सजग हुनुपर्ने औँल्याए ।  जिविसले यो वर्षका लागि जम्मा एक करोड १५ लाखमा निकासी ठेक्का लगाएको छ । चिया उद्यमीहरुले भने बार्षिक ४५ लाख किलोभन्दा बढि तयारी चिया निकासी भइरहेको जनाएका छन् । यता ठेकेदार पक्षले भने गत सालको रेकर्डमा २३ लाख किलो तयारी चिया निकासी भएको रेकर्ड आफूहरुसँग भएको बताए । बाँकी २२ लाख किलो चिया कता गयो ? वार्तामा वादविवाद भएको थियो । होट्पाका कमल मैनालीले जम्माजम्मी बार्षिक ३५ हजार किलो मात्र तेस्रो मुलुकमा चिया निकासी भएको र बाँकी चिया एक नम्बर ग्रेडको पनि भारु एक सय ४३ रुपैयाँ प्रतिकिलो बिक्री गर्नुपरिरहेको बताए । उनले १५ लाख किलो भन्दा बढि चिया कलकत्तामा बिक्री नभएर स्टक रहेको बताए । उनले उद्योगीहरुले हरियो चियाको गुणस्तर अनुसार उचित मूल्यमा हरियो चिया किसानहरुबाट खरिद गरिरहेको दावी गरे ।जिविसले यो वर्षका लागि जम्मा एक करोड १५ लाखमा निकासी ठेक्का लगाएको छ । चिया उद्यमीहरुले भने बार्षिक ४५ लाख किलोभन्दा बढि तयारी चिया निकासी भइरहेको जनाएका छन ।  स्थानिय सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment