कोरिया सपनाका दुःख (फोटो फिचर)

काठमाडौं, श्रावण २८  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहने कामदारको कोरियाली भाषा परीक्षाको आवेदन फारम बुधबारदेखि संकलन गर्न सुरु गरिएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले काठमाडौंका ३ स्थान र काठमाडौं उपत्यका बाहिरका ४ स्थानबाट आवेदन संकलन सुरु गरेको छ । आवेदन फारम काठमाडौंको च्यासल, कीर्तिपुरस्थित ल्याब स्कुल र सीतापाइलास्थित एक्मे इन्जिनियरिङ कलेजबाट संकलन भइरहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहिर धरान, पोखरा, बुटवल र डडेल्धुरामा पनि आवेदन फारम संकलन केन्द्र स्थापना गरी आवेदन संकलन गर्ने काम सुरु भएको छ । आवेदन फारम ४ दिनसम्म संकलन हुने शाखाले जनाएको छ । पहिलो दिन हजारौं युवा आवेदन फाराम बुझाउन आएपछि भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालित गरिएको छ । शाखाले कोरियाली भाषा उत्तीर्ण भए कोरियामा रोजगार आवेदन दिन योग्य हुनेमात्र तर त्यसबाट रोजगारीको सुनिश्चितता नहुने जनाएको छ ।
बुधबार १९ हजार ४ सय २८ जनाले फाराम बुझाए । काठमाडौंको सीतापाइला, च्यासल र कीर्तिपुरमा गरी ११ हजारभन्दा बढीले फारम बुझाएका छन् इकान्तिपुरबाट






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment