शुक्रबार निजी स्कूल र कलेज बन्द गर्ने बैद्य विद्यार्थीको चेतावनी
शिक्षा मन्त्रालयमा शुल्क बृद्धि फिर्ता लिने वार्ता असफल
२ असोज, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुक्रवार देशभरका निजी विद्यालय र कलेजहरु बन्द गराउने चेतावनी भएको छ ।
शुल्क बृद्धि फिर्ता लिने बारे सरकारसँगको वार्ता असफल भएपछि बोर्डिङ स्कूल र कलेजहरु बन्द गराउने क्रान्तिकारीका नेता लालवहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार शुल्क बृद्धि भएका देशभरका सबै निजि विद्यालय बन्द हुनेछन् । काठमाडौंका सबै निजि विद्यालय बन्द गराउने उनले बताए ।
उनका अनुसार सिटिइभिटी, काठमाडौं विश्वविद्यालय र पोखरा विश्व विद्यालय अन्तर्गतका सबै कलेज बन्द हुनेछन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियिरिङ र मेडिकल कलेजहरु बन्द गराउने उनले बताए ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियिरिङ र मेडिकल कलेजहरु बन्द गराउने उनले बताए ।
निजी विद्यालय र कलेजले मनोमानी शुल्क बृद्धि गरेको भन्दै क्रान्तिकारीले आन्दोलन थालेको छ । यसबारे शिक्षा मन्त्रालयमा विहिवार साँझसम्मको वार्ता असफल भएको छ ।
0 comments:
Post a Comment