बलात्कारी पक्राउ
इलाम, ८ असोज : सदरमुकामको एक उच्च माविमा अध्ययनरत छात्रालाई बलात्कार र कुटपिट गरी मरणासन्न बनाएर छाड्ने इलाम नगरपालिका ८ का सुदिप निरौलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । बुधबार नै बिहान करिब साढे पाँच बजेतिर एक्लै विद्यालय जाँदै गरेको अवस्थामा पिपलबोटेको जंगल भएको ठाउँमा बाटो छेकेर निरौलाले बलात्कार र कुटपिट गरेका थिए । प्रहरीका अनुसार जबर्जस्तरी बलात्कार र कुटपिटबाट मरेको ठानी छाडेर निरौला भागेका थिए । केही समयपछि होस् आएर ती छात्रा उठेर आफन्त र प्रहरीलाई जानकारी गराएको पनि प्रहरीको भनाई छ । त्यसपछि खोजतलास थालेको प्रहरीले दिउँसो निरौलालाई पक्राउ गरेपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment