हावाहुरीले रुख ढल्दा कारागारमा क्षति
ताप्लेजुङ,२७ साउनः ताप्लेजुङमा हावाहुरी र वर्षाका कारण रुख ढल्दा जिल्ला कारागारमा क्षति पुगेको छ । यस्तै हावाहुरीले जिल्लाका आधा दर्जन बढी घरको छाना उडाएको छ । सोमबार साँझ करिव ७ः१५ बजेपछि अचानक आएको हावाहुरी र वर्षाका कारण रुख ढलेर कारागारभित्रका तीन वटा कैदीघर र कारागारको पूर्वपटिको पर्खालमा क्षति पु¥याएको हो ।
जिल्ला कारागार नजिक रहेको सल्लाका ठूला–ठूला चारवटा रुख जरैसँग उखेलिएर ढल्दा कारागारभित्र कैदी बस्ने घर र भान्साघरमा क्षति पुगेको छ । निक्कै नै असामान्य गरी रुखहरु ढलेको भएपनि मानवीय क्षति हुनबाट भने जोगिएको जिल्ला कारागार कार्यालयले जनाएको छ । कारागार कार्यालयका प्रमुख (जेलर) मेघराज भारतीकाअनुसार कारागारभित्र रहेका ६० जन कैदी र ४२ थुनुवा गरी एक सय दुई जना कैदी तथा थुनुवा सकुशल रहेका छन् ।
यता मङ्गलबार बिहानैदेखि कारागारभित्र ढलेका रुखहरु हटाउन र भत्किएका संरचनाको मर्मत कार्य शुरु गरिएको छ । सकेसम्म चाँडै ढलेका रुख पन्छाइसकेर साथै भत्किएका कैदीघर तथा संरचना मर्मत गरेर कैदीबन्दी बस्नका लागि अनुकुल बनाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए ।
यस्तै हावाहुरीले जिल्लाका अन्य आधा दर्जन बढी घरहरुमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्लेजुङ नगरापालिका ६ का कमल पोखरेलको घर नजिककै रहेको रुख ढलेर पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै तानपा ५ कै कर्णबहादर मादेनको घर पनि रुख ढलेर क्षतिग्रस्त भएको छ । तानपा ६ का हरि गुरुङ, तानपा ४ का सूर्यकुमार गुरुङ र सुकबहादुर लिम्बूको घरको छाना पनि हावाहुरीले उडाएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी हावाहुरीले ठाउँ ठाउँमा रुख ढलेर सडक तथा पैदल मार्गहरु अवरुद्ध भएका छन् । रुख ढलेर सडक तथा मार्गहरु अवरुद्ध भएपछि मानिसहरु आवतजावत गर्नलाई जोखिम बढेको छ । यस्तै हावाहुरीले जिल्लाका विभिन्न गाविसमा पाक्न लागेको मकै बाली तथा नगदेबाली अलैंचीमा समेत ठूलो क्षति पु¥याएको स्थानीय किसानले बताएका छन् । यसरी सोमबार साँझको हावाहुरी र वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन हुने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रामेश्वर पण्डितले बताए । यता हावाहुरीले पु¥याएको क्षतिको यथार्थ विवरण आइसकेपछि क्षतिका आधारमा पीडितका लागि सोच्न सकिने जिल्ला दैवी प्रकोप उद्दार समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीको निरौलाको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment