इलाम अस्पतालको लापरबाहीले नवजात शिशुको अवस्था बिग्रिएको आरोप,
‘शिशु जन्मिँदै समस्या थियो’ स् चिकित्सक
इलाम अस्पतालका स्वास्थ्यकर्मीको लापरवाहीका कारण एक हप्ताअघि जन्मिएको नवजात शिशु जीवन मरणको अवस्थामा पुगेको आरोप लागेको छ । इलाम नगरपालिका–६ की ३५ वर्षीया निरा बानियाँले भदौ १४ गते इलाम अस्पतालमा चिकित्सकको सहयोगमा जन्माएको बच्चा ९छोरा०को अवस्था बिग्रिएपछि त्यस्तो आरोप लागेको हो ।
नर्मल डेलिभेरीबाट जन्मिएका शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले हिटरबाट सेक्ने क्रममा दाहिने खुट्टा नै पोलिदिएपछि शिशु गम्भीर घाइते भएको परिवारजनले बताएका छन् । तर खुट्टा पोलिदिएको भन्ने आरोप गलत भएको जनाउँदै बच्चा जन्मिनुभन्दा अगाडि नै अवस्था नाजुक भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।
जन्मिएको केही घण्टामै अस्पलातले साढे ३ केजीको शिशु जन्मिएको र नाल बेरिएकाले अन्यत्र उपचार गराउन लैजान सल्लाह दिएपछि थप उपचारार्थ आर।के। चिल्डे«न अस्पताल बिराटनगर लगेको निराका श्रीमान सन्तोष बानियाँले बताए । तर बिराटनगरका चिकित्सकले शिशु सकुशल नै जन्मिएको तर हिटरले खुट्टा पोलेकाले इन्फेक्सन भएर टाउकोमा गम्भिर असर परेको भन्दै बचाउन नसक्ने बताएपछि इलाम अस्पतालको चरम लापरवाही भएको बानियाँले बताए । उनले भने, ‘विराटनगरमा ६ दिन भेन्टिलेटरमा राखेर उपचार गराउँदा १ लाख ५० हजार रुपैयाँ खर्च भइसक्यो । तैपनि छोरा बचाउन नसक्ने चिकित्सकको भनाइ छ ।’
इलाम अस्पतालमा कार्यरत डा। रबिकुमार शाहले बच्चा जन्मिनुभन्दा अघि आमाको पाठेघरको मुख पुरै खुलिसकेको र नाल पनि बाहिर निस्किएकाले श्वासप्रश्वासमा समस्या आएर बच्चा गम्भिर भएको बताए । उनका अनुसार स्वास्थ्य विज्ञानको भाषामा नाल बाहिर निस्किनुलाई कट फेलर भनिन्छ र त्यस्तो अवस्थामा जन्मिने वा जन्मिएको बच्चाको मृत्यु हुनसक्ने सम्भावना ९० प्रतिशत हुने भएकोले सो बच्चामा पनि त्यही समस्या आएको हो । बच्चा जन्मिनुभन्दा अघि र जन्मिएपछि पनि बच्चाका अभिभावकलाई अवस्थाबारे जानकारी गराएको र आपूmहरुले थप उपचार गर्न नसक्ने भएकाले अन्यत्र पठाएको जानकारी दिँदै उनले तै केही उपचार गर्न सकिन्छ कि भनेर प्रयास गरेको बताए ।
डा। रबिका अनुसार जन्मिनुभन्दा अगाडि नै बच्चाको मुटुको चाल कम भइरहेकोले बाहिरबाट अक्सिजन र औषधी दिएर मुटुको चाल बढाउने काम गरिएको र थप समस्या आउन नदिन तातो वातावरणमा राख्नु पर्ने भएकाले हिटरको छेउमा राखेर समस्या समाधान गर्ने प्रयास गरिएको हो । त्यही क्रममा खुट्टामा एउटा फोका निस्किएको भन्दै उनले भने, ‘बच्चाको अवस्था नै गम्भिर रहेकाले हामीले उपचार प्रयास गरेका हौँ । तातोमा उपचार गर्ने क्रममा एउटा फोका निस्किएको हो तर त्यसलाई पोलिदिएको भन्न मिल्दैन । बच्चाको खास समस्या कट फेलर नै हो ।’
डा। रविले खुट्टामा फोका उठ्नु नै पनि केही कमजोरी भएको स्वीकार गर्दै तर त्यसको उपचार हुने भएकाले त्यही कारण बच्चाको अवस्था बिग्रिएको भन्ने कुराचाहिँ गलत भएको दोहोर्याए । उनले भने, ‘त्यो उपचार प्रयास गर्दा भएको सामान्य भन्दा सामान्य कमजोरी हो । त्यसकै कारण मुल समस्या ओझेलमा राखेर हाम्रै कारणले बच्चा अन्तिम अवस्थामा पुग्यो भनिदिनु चाहिँ भएन ।’
आरके चिल्ड्रेन अस्पतालले पनि अन्यत्र रेफर गरिदिएपछि झापाको सुरुङ्गामा दाजुको घरमा आएका बानियाँले छोरालाई ज्वरो आएकाले थप उचपारका लागि मेची अञ्चल अस्पताल भद्रपुर पुर्याइएको बताएका छन् । हाल छोराको मुखमा अक्सिजन दिएर उपचार भइरहेको उनले बताए । मेची अस्पतालका चिकित्सकले पनि शिशुलाई बचाउन नसक्ने बताएपछि इलाम अस्पताल पुनः लैजाने उनले बताए । बानियाँका भाउजु कमला दाहालले इलाम अस्पलातको चरम लापरवाहीले सुत्केरी आमाको अवस्था पनि चिन्ताजनक रहेको बताइन् । उनले भनिन्, ‘शिकारु चिकित्सकले गर्दा अहिले शिशु मुत्युको मुखमा पुगिसकेको छ भने, आमालाई नर्मल डेलिभेरीमा पनि १२ टाका लगाएकोले उनको हिँडडुलमा पनि समस्या आएको छ ।’
इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। प्रभु शाहले पनि बच्चाले जन्मिँदा श्वास नफेरिरहेकोले रिसर्चिटेशन अर्थात अक्सिजन दिने र कृत्रिम श्वास फेराउने लगायतका उपाय गरिएको बताए । त्यही क्रममा तातो आवश्यक पर्ने भएकाले तातो दिने क्रममा खुट्टामा सानो फोका उठेको भएपनि मुल समस्या कट फेलर नै भएको उनको भनाई थियो । तातोले खुट्टामा फोका उठेको उपचार सहजै हुने भएपनि कट फेलर समस्या समाधान गर्न हत्तपत्त नसकिने उनले बताए सन्दकपुर दैनिकबाट
0 comments:
Post a Comment