एसएलसीमा अनुत्तीर्ण भएपछि छात्राद्धारा आत्महत्या
 इलाम, २३ भदौ । एसएलसीको पूरक परीक्षामा अनुत्र्तीण भएपछि इलाममा एक छात्राले आईतबार राति
आत्महत्या गरेकी छिन् ।  सामाजिक र गणित विषयको परीक्षा दिएकी इलाम नगरपालिका–९ की १९ वर्षीया लक्ष्मी कटुवालले नतिजा आउने बित्तिकैघरको निदालमा सलको पासो लगाएर आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘एसएलसीमा पास हुन्छु भन्दै रमाइरहेकी थिइन्, तर नतिजा आउने बित्तिकै छोरीले झुन्डिएर आत्महत्या गरिन्,’ अभिभावकको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक यामबहादुर पौडेलले भने ।
कुन विषयको नतिजा बिग्रियो भन्ने अभिभावकलाई थाहा छैन । नतिजा हेरेपछि आइतबार राति ८ः२० बजे छात्राले आत्महत्या गरेकी हुन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment