गगन थापा भन्छन्,'प्रक्रियाबाटै संबिधान'
दमक, भाद्र २४ - कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दलहरुबीच सहमति कायम नभए प्रकृयामा गएर बिवादित बिषयको टुगो लगाई सबिधान जारी गर्नुपर्ने बताएका छन् । उनले निर्धारीत माघ ८ गते नै सबिधान जारी गर्नका लागि भएपनि बिवादित बिषयहरुको छिनोफानो निर्बाचनबाटै गर्नुपर्नेमा जोड दिए ।
सोमबार झापाको दमकमा नेपाल प्रेस युनियनले गरेको भेटघाटमा थापाले निर्बाचन प्रणाली, राज्यशक्तिको बाँडफाँड र प्रदेशको बिषयमा मात्र बिवाद कायम रहेको बताए ।
उनले अबको १५ दिन भित्र सहमति नभए माघ ८ गते सबिधान बन्न नसक्ने बताए ।
थापाले कांग्रेस भित्रको बेथितिका कारण सरकार र सबिधान निमार्णमा समेत समस्या पर्दै गएको बताए ।
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले ७ महिनासम्म पनि केन्द्रीय समितिको बैठक बसाउन नसकेको बताए ।
त्यसका कारण सरकार, सदन र कांग्रेसभित्र आफ्ठयारो परेको थापाको भनाइ छ ।
0 comments:
Post a Comment