बेचबिखन र बलात्कारमा संलग्न दुई पक्राउ

Jailइलाम, २७ भदौ । मानव बेचबिखन आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । 
फरार अभियुक्त खोज्नेक्रममा मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त इलाम नगरपालिका–६ तिल्केनी निवासी ५५ वर्षीय प्रेमबहादुर तामाङलाई पक्राउ गरिएको हो ।
तामाङले नौ वर्ष एक दिन कैद र ५० हजार जरिमाना भुक्तान गर्न बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।
यसैबीच एक महिलालाई बलात्कार गरेको आरोपमा चुलाचुली–८ का २६ वर्षीय अर्विन योङयालाई चुलाचुलीस्थित पेल्टीमारीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको छ ।
महिलाको घरमा गई भदौ २३ गते बलात्कार गरेको आरोपमा योङयालाई बिहीबार घरबाटै पक्राउ गरिएको हो । 
योङयालाई जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको जानकारी प्रहरी नायब निरीक्षक मनीष थापाले दिए
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment