‘हातेमालो(चौदृष्टि)ले लाखौँ रकम खायो’
इलाम, ३२ साउनः दुईवटा संस्थाको नाममा बचत उठाउने काममा सक्रिय रहेर इलाम नगरपालिका २ को निकुञ्ज पथमा कार्यालय राखेर बसेका संस्था सञ्चालकहरुले नगरभित्रका सयौँ बचतकर्ताको करोडको काराहारीमा बचत रकम हिनामिना गरेको खुलासा भएको छ । २०७० सालमा हातेमालो बचत कृषक समूहका नाममा स्थापना गरि बचत सङ्कलन गरेको र २०७१ सालमा चौदृष्टि बहुउद्धेश्यीय सहकारी संस्थाको नाममा त्यही समूहले बचत सङ्कलन गरि दुवै संस्थाको नाममा सङ्कलित बचत हिनामिना गरेको पाइएको हो ।
कृषि क्षेत्रमा लगानी बढाउने, कृषिलाई अर्गानिक बनाउन अर्गानिक प्रांगारिक र जैविक मल, बीउ, औषधी र विषादीको बारेमा कृषकहरुको चेतना अभिबृद्धि गर्ने र बेरोजगार जनसंख्यालाई वैज्ञानिक कृषि प्रणालीको माध्यम अपनाई स्वरोजगार बनाउने जस्ता आदर्शमूलक सिद्धान्तहरु लेखिएको बचत पासबुक बोकेर हिँडेका सङ्कलकहरुबाट सङ्कलित रकम संस्थाले लामो समयसम्म फिर्ता नगरेर सञ्चालकहरु नै गायब हुन थालेपछि बचतकर्ताहरु बचत फिर्ता गर्न कस्सिएर लागेका छन् ।
पटकपटक रकम फिर्ता माग्दा दिने भनेर कागज गरिदिएपनि नदिएको भन्दै सोमबार चोकबजारस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालयमा भेला भएका बचतकर्ताले पासबुक देखाएर आपूmले जम्मा गरेको बचत रकम तत्काल फिर्ता हुनुपर्ने माग गरे । उनीहरुले प्रहरी सेवा केन्द्रमा उजुरी दिएपछि केन्द्रले चौदृष्टिका अध्यक्ष सञ्जिव राईलाई बोलाएर छलफल गराउने प्रयास गर्दा बचतकर्ताले तत्काल आप्mनो रकम फिर्ता नपाए जे पनि गर्न सक्ने भन्दै आक्रोस पनि ब्यक्त गरे ।
संस्थाले एकैजनाबाट कम्तिमा १५ हजारदेखि चार लाख रुपैयाँसम्म बचत जम्मा गरेको रकम हालसम्म फिर्ता नदिएको र संस्था पनि कार्यालय बन्द गरेर काम नै नगरेको बचतकर्ताले बताए । उनीहरु भन्दै थिए, ‘कृषिलाई बढाउने, बेरोजगारलाई रोजगार दिने भनेर खोलेको संस्थाले हामीबाट उठाएको रकम आपैmँ खाए, अहिले फिर्ता दिन पटकपटक कागज गरेपनि दिँदैनन् । आज (सोमबार) दिने भनेको छ, हामीले आजै पाउनुपर्छ । अर्काको पसिनाले कमिएको रकम खान पाइँदैन ।’
सेवा केन्द्रमा प्रहरीले उपस्थित गरेका अध्यक्ष राईले संस्थाबाट जम्मा एक करोड ४७ लाख बचत सङ्कलन गरिएको बताउँदै ‘आज (हिजो) ३० लाख फिर्ता गर्ने भनेको संस्थामा जम्मा हुनुपर्ने जम्मा भएको छैन’ भने । उनले जम्मा ३०० जनाको हाराहारी बचतकर्ताको बचतमध्ये धेरै बचतकर्ताको फिर्ता गरिसकिएको र त्यहाँ उपस्थित भएका बचतकर्ताको मात्र फिर्ता गर्न बाँकी रहेको जिकीर गरे । उनले सबै बचतकर्ताको रकम केही समयमा जसरी पनि फिर्ता गर्ने पनि बताए ।
संस्थाले बचतकर्तालाई उपलब्ध गराएको बचत पासबुकमा नै विभिन्न गैरकानुनी नियमहरु उल्लेख गरिएको पाइएको छ । पासबुकमा वर्षभरि दैनिक बचत गर्ने र वर्षदिनपछि मात्र रकम झिक्न पाइने, बर्षदिन नपुग्दै रकम निकाल्न नपाइने, समस्या परे खातामा जम्मा भएको रकमको बराबर मात्र ऋण पाइने, ऋणको दैनिक किस्ताको दरले बुझाउनु पर्ने, ऋण किस्ताको साँवा ब्याज जोडेर लिइने, ऋणको अवधि भने ३ महिने, ६ महिने वा वर्ष दिनको हुने र एक वर्षको चुक्ता भइसकेपछि खाता बन्द हुने नियम उल्लेख गरिएको छ । ‘वर्षदिन भरि रकम ननिकाली बचत गर्ने बानीको विकास गरौँ । एकमुष्ट रकमको सही सदुपयोग गरौँ । आप्mनो खुट्टामा आपैmँ उभ्यौँ’ जस्तो आदर्शमूलक नारासमेत लेखेको संस्थाले त्यसैका लागि बचत गरेका बचतकर्ताको रकमभने सावाँसमेत फिर्ता नगर्ने हो कि भन्ने शङ्का उब्जाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment