नेपालको विजयी सुरुवातमा बिमलको ह्याट्रिक
इलाम, ३ भदौः

कप्तान बिमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा नेपालले प्रथम साफ अन्डर १९ फुटबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिमलले ह्याट्रिक गरेपछि नेपालले भुटानलाई ३–१ ले पराजित गर्‍यो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा भएको खेलमा बिमलको गोलबाट नेपालले १० औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै सोनाम तोग्वेले भुटानका लागि गोल गरेपछि खेल बराबरीमा आएको थियो । २९ औं मिनेटमा बिमलले ब्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भुटानले केही सुधारिएको खेल पस्किएपनि नेपाली डिफेन्सलाईन क्रम गर्न सकेन । ६२ औं मिनेटमा बिमलले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि भुटान ३–१ ले पछि पर्‍यो । ७३ औं मिनेटमा बिश्वास श्रेष्ठलाई डिबक्स भित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो तर बिमलको प्रहार पोष्ट भन्दा धेरैमाथिबाट बाहिरयो । नेपालले खेलको अत्यतिर गोल गर्ने थप केही अवसर पुनेपनि पोष्टको दिशा भने दिन सकेन । 

प्रतियोगितामा भोली समुह बी अन्तरगत माल्दिभ्स र अफ्गानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समुह एमा रहेको नेपालले भने लिग चरणको दोस्रो खेलमा आगामी सोमवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

भाद्र १२ गते सम्म चल्ने प्रतियोगितामा ६ राष्ट्र सहभागि छन् । लिग कम नकआउटका आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाईनल प्रवेश गर्नेछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment